काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनको मिति तय गरेको छ ।
आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने नेता गणेश पराजुलीले जानकारी दिएका हुन् ।
आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तोकेको हो ।
आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो । रास्वपा २०७९ सालमा गठन भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।