काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको अभिभावक बन्नुपर्ने सरकार यमदूतजस्तो बनको आरोप लगाएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले राज्यले मानवीय पक्ष भुल्दै गएको आरोप लगाए। महँगीले जनजीवन आक्रान्त भएको भन्दै उनले सामान्य जनता बाँच्नै नसक्न अवस्था बताए। सुकुमवासीलाई बर्बरतापूर्वक हटाइएकोमा उनले सरकारको आलोचना गरे।
आङ्देम्बेले जनताका प्रश्नको जवाफ दिनबाट सरकार चुकेको पनि आरोप लगाए। उनले संविधानमको मर्म भुलेर अध्यादेशको खात लगाएको । यसले भविष्यमा पुर्याउनसक्ने असर अकल्पनीय रहेको उनले बताए। सरकारले संसदको महत्व नबुझेको धारणा राखे। नीति तथा कार्यक्रम पुरानै पुनरावृत्ति भएको उनको भनाइ छ।
सरकार गठन हुँदा आएका १०० कार्यसूी लोकप्रियताका लागि मात्रै भएको उनको ठहर छ। महिना दिनमा गर्ने भनिएका धेरै कुरा पूरा नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।