काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा मर्यादा उल्लंघन गरेको विषयमा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ।
प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्रीले देखाएको व्यवहार सामान्य किसिमको नभएको बताएकी हुन्।
‘यो सामान्य दृश्य होइन। संवैधानिक मर्यादा उल्लंघनको विषयलाई सामान्यरूपमा लिनु हुँदैन’, उनले भनिन्, ‘पद मात्र ठूलो होइन संवैधानिक मर्यादा र जनविश्वास ठूलो कुरा हो। यस्ता घटनाको पुनरावृत्ति नहोस्। ’
संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनले सुनाइन् ।
‘यस विषयमा स्पष्ट जवाफ दिइयोस् । यस्ता घटनाको पुनरावृत्ति नहोस् । लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।