काठमाडौँ– नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ।
प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो।
यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए । एमाले केन्द्रीय कमिटी सचिवसमेत रहेकी पूर्व मन्त्री अर्याल समानुपातिकबाट सांसद बनेकी हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।