काठमाडौँ– नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला गर्ने भएको छ ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले छुट्टै आन्तरिक रणनीति निर्माणका लागि प्रदेशस्तरीय छलफल सुरु गर्न लागेको हो ।
देउवा समूहले मंगलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दै छ । विराटनगरको बिग होटलमा बिहान ११ बजेदेखि भेला सुरु हुने बताइएको छ।
नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको बताइएको छ ।
साथै, वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि प्रदेशस्तरीय भेलामा छलफल हुने बताइएको छ ।
देउवा समूहले (बुधबार) काठमाडौँमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
पार्टीलाई एकताबद्ध बनाउनका लागि बागमती प्रदेशस्तरीय बृहत् भेला आयोजना गर्ने निर्णय गरिएको देउवा पक्षीय नेताहरूको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।