काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारले शहर सुन्दर बनाउने नाममा नागरिकको भरोसा भत्काएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले नागरिकको पीडाका अगाडि अरु कुरा गौण हुने उनले बताए ।
‘सरकारले शहर सुन्दर बनाउने नाममा डोजर चलायो । नागरिकको भरोसा भत्कायो । नागरिकको पीडाभन्दा ठूलो शहरको सुन्दरता हो ?,’ राईले भने, ‘राज्यले नागरिकको केही दिनको सुत्केरीलाई समेत अन्याय गर्याे । राज्यले मातृत्वको सम्मान गरेन । नागरिकको ज्यानसमेत गएको छ ।’
नागरिकलाई व्यवस्थापन नै नगरी बस्ती भत्काउने कुरा आपत्तिजनक रहेको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।