काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आजदेखि सेयर बजारमा उच्च उतार चढवालाई नियन्त्रण गर्न नयाँ सर्किट ब्रेकरको नियम कार्यान्वयनमा ल्याएको छ।
नयाँ सर्किट ब्रेकरको नियम लागू भएसँगै कारोबारको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ। आज सेयर बजारमा १३ अंकले गिरावट आएसँगै २८२५ विन्दु कायम भएको छ।
आजदेखि कारोबारको सर्किट विन्दु १० देखि १५ बनाएसँगै चार कम्पनीको मूल्यमा सर्किट लागेको छ। जसमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेन्ट इन, पाल्पा सिमेन्ट इन्ड्रस्टी लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेड कम्पनीको कारोबार सर्किट लागेको हो। यस्तै, आज सबैभन्दा बढी डोल्टी पावर कम्पनी लिमिटेड रहेको छ।
आज ६५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको मूल्यमा गिरावट आएको छ। यसैगरी ६ कम्पनीको मूल्यमा स्थिर बसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।