काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफल भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया सफल भएको सचिवालयले जानकारी दिएको हो । शल्यक्रियापछि उनलाई अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ।
पहिल्यै तय भएको मितिअनुसार आज ओलीको पित्तथैलीको शल्यक्रिया गरिएको हो । उनको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो ।
थप स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे अस्पतालले आधिकारिक विवरण सार्वजनिक गरेपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।