काठमाडौं– बलात्कार आरोप लागेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।
बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । यद्यपि उजुरी भने परेको थिएन ।
सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लागेको दोस्रो दिन बले पक्राउ परेका थिए । उनीविरुद्ध उजुरी नपरे पनि अभद्र व्यवहारको कसुरमा थुनामा राखिएको थियो ।
तर शुक्रबार उनी रिहा भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।