काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले सुनसरीस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिएकी छन् ।
निरीक्षणका क्रममा उनले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताइन् ।
साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गरिन् । उनले सेवाग्राहीसँग पनि कुराकानी गरेकी थिइन् ।
आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।