• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अर्काइभबाट : दसैं आएपछि केटाकेटीमा लट्ठे पिङ खेल्दा लडेको सम्झना आउँछ

64x64
नेपाल लाइभ मंगलबार, असोज ३०, २०७५  १२:१७
1140x725

दसैं सामान्यतया किसानहरुले मनाउने चाड हो। किनभने खेतीपाती स्याहार्ने बेला भइसकेको हुन्न। किसानहरु बढीभन्दा बढी फुर्सदमा हुन्छन्। प्रायःको घरमा गाइभैंसी दुहुना हुन्छन्। 

_x000D_ _x000D_

प्राकृतिक रुपले पनि असोज महिना निकै रमणीय हुन्छ। जाडो सुरु भएको पनि हुन्न। गर्मीले छाडेको पनि हुन्न।

_x000D_ _x000D_

फुर्सदको बेलामा स्वेदश तथा विदेशमा भएका आफन्तहरु भेटघाट हुने चाड पनि हो, दसैं। 

_x000D_ _x000D_

तर, अहिले यसको प्रकृति फेरियो। आजकाल दसैंमा सामन्तवादका गन्ध आउन थालेको छ। 

_x000D_ _x000D_

देउताको नाममा अत्यधिक रुपमा बली दिनेजस्ता विकृति प्रचलनमा छ। यो पहिलेदेखि चल्दै आएको विकृति हो। म यो विकृतिको पक्षमा छैन। देउताको थानमा पञ्चबली दिन म कहिल्यै गइनँ। हाम्रो घरमा आमाबुवा पुरानै प्रचलन मान्ने मान्छेले पनि पञ्चबली दिनेजस्ता काम गर्नु भएन। 

_x000D_ _x000D_

पञ्चायत कालमा लामो समय भूमिगत बसें। अरुबेला घरतिरको खासै वास्ता हुँदैनथ्यो। तर, जब असोज लाग्न थाल्थो; घरको खुबै सम्झना आउँथ्यो। घरतिर फर्कन मन लाग्थ्यो। लुकिछिपी भए पनि घरै जाउँ भन्ने लाग्न थाल्थ्यो। म जान्थें पनि। 

_x000D_ _x000D_

यो दसैं लागेपछि अचम्म हुन्थ्यो। अरु एघार महिना खासै वास्ता हुँदैनथ्यो तर असोज लागेपछि खुब चुरोट पिउन मन लाग्थ्यो। अनि असोज एक महिना बेस्सरी चुरोट खान्थें। धेरै पहिले, बैंशको कुरा हो यो। अहिले त लामो समय भइसक्यो, चुरोट खान छाडेको। 

_x000D_ _x000D_

मैले भन्न खोजेको, दसैं आएपछि औधी खुसी लाग्थ्यो। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

तर अहिले त गाउँमै कोही छैन। रित्तो जस्तो लाग्छ। आफ्ना कतिपय सहपाठीहरु बितिसके। नयाँ पिँढीहरु कोही अमेरिका, कोही बेलायत कोही जापानमा छन्। त्यसैले गाउँमा गएर भेट्ने र कुराकानी गर्ने मान्छे पनि छैनन्। 

_x000D_ _x000D_

दसैंको प्राकृतिक वातावरण त उस्तै छ। आफू खेलेको वन, पाखो, पखेरो सबै उस्तै छन्। त्यही हिसाबले चाहिँ गाउँ फर्कन मन लाग्छ। तर, मानिसहरुसँगको सम्पर्कचाहिँ लगभग सबै टुटिसक्यो। आफ्ना आफन्तहरु भेट्न त युरोप वा अमेरिकातिर जानुपर्ने अवस्था छ। म बसेको खेलेको ठाउँमा चाहिँ कोही पनि छैनन्। 

_x000D_ _x000D_

दसैंमा गाउँ नगएको पाँच–सात वर्ष भइसक्यो। 

_x000D_ _x000D_

आजकाल तराईमा पनि मेरो बसोबास छ। तर, दसैं आएपछि जहाँ जन्मेको, जहाँ खेलेको उहीँ जान मन लाग्छ। त्यही ठाउँको न्यास्रो मेट्न मन लाग्छ। 

_x000D_ _x000D_

अहिले त आफन्तहरु पनि यतै काठमाडौंमै भेटघाट हुन्छ। यसपालि पनि यतै दसैं मनाऔं भनिरहेका छन्। 

_x000D_ _x000D_

काठमाडौंमा दसैं मनाउँदा भाइहरु, भाइका छोरा नातीहरु र आफ्ना परिवारहरु जम्मा भएर मनाइन्छ। 

_x000D_ _x000D_

अरुले दसैंको नाममा रक्सी र मासुको छेलोखेलो गर्छन्। कतिपयको त त्यही खाएर अस्पतालतिर दौडधुप गर्नुपर्छ। मेरो आफन्तहरुमा पनि यस्तो प्रवृत्ति देखेको छु। मेरोमा त्यस्तो हुन्न।

_x000D_ _x000D_

आजकाल म शाकाहारी भएको छु। शाकाहारी भएको १८ वर्ष पुग्यो। त्यसैले दसैं आए पनि मेरोमा उतिसाह्रो तडकभडक हुँदैन। परिवारका अन्य सदस्यले पनि मासुका लागि त्यति बल गर्दैनन्। त्यसैले खानपिनमा विशेष भन्ने केही हुँदैन। अघिपछि जे पकाइन्छ, त्यही नै हो।

_x000D_ _x000D_

बुवाआमा जीवितै हुँदा मैले उहाँहरुको हातबाट टीका लगाउँथे। मावल पनि जान्थें। ससुराली पनि जान्थें। उहाँहरु सबै बितेपछि मैले मान्ने कोही ठूला मान्छे छन् भने लाउँछु। तर खोज्दै गएर भने टीका लगाउँदिनँ।

_x000D_ _x000D_

मकहाँ भने भाइहरु आउँछन्, छोराछोरी आउँछन्, भाञ्जाहरु आउँछन्। उनीहरुलाई टीका लगाइदिन्छु। 

_x000D_ _x000D_

दक्षिणामा भने अत्यन्त थोरै खर्च हुन्छ। कुनै पनि चाडबाडमा पैसाको प्रदर्शन म गर्दै गर्दिनँ। भाञ्जीहरु, दिदीबहिनीहरु आउँदा एकदुई सय त दिनै पर्‍यो।

_x000D_ _x000D_

मलाई तास खेल्नै आउँदैन। त्यसैले यसबारे चर्चा गर्नै परेन।

_x000D_ _x000D_

फुर्सद भएसम्म पुस्तक पढ्ने विचार छ। विशेषगरी अहिले चर्चामा आएको हरिबहादुर थापाको भ्रष्टाचारसम्बन्धी पुस्तक ‘रजगज’ खोज्न लगाएको छु। यसपालि दसैंमा भ्याएसम्म त्यो पुस्तक पढ्ने छु।

_x000D_ _x000D_

दसैंको कुरा चल्दा मलाई केटाकेटीमा लट्ठे पिङ खेल्दा लडेको सम्झना आउँछ। यो पिङ रुखमा डोरी बाँधेर बनाइन्छ। म करिब १० वर्षको थिएँ। एकजना छिमेकी थिए। उनी मभन्दा अलि ठूला। पिङमा मैले उनीसित दोहोरा खेल्न खोजें। उनले पिङलाई बेस्सरी मच्चाए। त्यसैक्रममा म उछिट्टिएँ। जमिनमा पछारिएँ। टाउकोमा चोट लाग्यो। बुवाले के–के झारको झोल टाउकोमा दलिदिएको अझै पनि सम्झनामा आउँछ।

_x000D_ _x000D_

पछि पनि त्यस्तो पिङ खेलें। तर, त्यो लडेको घटना भने मैले बिर्सिन सकेको छैन। 

_x000D_ _x000D_

(कुराकानीमा आधारित)

_x000D_ _x000D_

http://nepallive.com/news-details/2440/2017-09-28

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  १२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्