काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।
उनले ४३ हजार ९६ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए ।
नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याए । त्यस्तै नेकपा एमालेका सन्दन थापा मगरले ३२९७ मत ल्याए । राप्रपाका सबिनकुमार खड्काले २०३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १४७२ मत ल्याए । त्यस्तै उज्यालो नेपाल पार्टीका विजय पन्तले १३२० मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।