काठमाडौं–प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नितिमा भण्डारी कार्की निर्वाचित भएकी छन् भने क्षेत्र नम्बर २ बाट पनि रास्वपाकै रविन महतो निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार कार्कीले ४४ हजार १ सय ८१ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । एमालेका मनोज कुमार देबकोटाले ६ हजार १ सय १ मत पाएका छन्।
यता क्षेत्र नम्बर २ मा विजयी महतोले ४२ हजार ५१२ मत ल्याउँदा नेकपाका महिन्द्र राय यादवले ८ हजार ५२३ मतसहित दोस्रो भए । कांग्रेसका सरोज कुमारले ७ हजार ३९, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।