काठमाडौं– चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अहिसम्मकै सर्वाधिक मतका साथ विजेता भएकी छन् ।
एक लाख ३ मत खसेको चितवन-३ मा गौतम ५९ हजार २ सय ७७ मतका साथ विजयी भएकी हुन् ।
नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउँदा गौतम ३८ हजार ६ सय ६२ मतान्तर सहित निर्वाचित भइन् । चितवन ३ मा नेपाली कांग्रेस र नेकपा एमालेले जमानत जोगाउन सकेनन् ।
नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ ८ हजार ३ सय ४४ मतका साथ तेस्रो भए भने नेकपा एमालेका शंकरराज थपलिया ५ हजार ४ मत ल्याएका छन् ।
गुरुङ र थपलिया दुबैको जमानत जफत भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।