काठमाडौँ– तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका छन् ।
वाग्लेले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन् ।
यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ-१ बाट भारी मतान्तरसहित विजयी भएका थिए ।
त्यहाँबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनले कांग्रेसका भट्टराईलाई नै १५ हजारभन्दा बढी मतले हराएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।