बुटवल– रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल निर्वाचित भएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् ।
खरेलले ५४ हजार ९२७ मत प्राप्त गर्दा पौडेलले १२ हजार ३०२ मत मात्र ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार १६ ल्याएका छन् । रुपन्देही २ मा कुल ८६ हजार ५३० मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।