बझाङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन्।
यससँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ।
एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन्।
महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्।
यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेका छन्। नेकपाका मीनबहादुर कुँवर ले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। प्रारम्भिक मतगणनादेखि नै अग्रता बनाएका महरले अन्ततः स्पष्ट मतान्तरसहित जित सुनिश्चित गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।