काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जित विजयी भएका छन् । उनले ३३ हजार ४३६ मत ल्याएका हुन् ।
उनका प्रतिस्पर्धा मेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याएका हुन् ।
त्यस्तै, यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४ हजार २८२ मत ल्याउँदा नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भरत बहादुर खड्काले २ हजार ४७२ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरिराम लवजूले एक हजार १७७ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।