• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ठमेलका रिक्सा चालक भन्छन्– ऋणपान गरेरै मनाउनुपर्छ दसैं

64x64
नेपाल लाइभ आइतबार, असोज २८, २०७५  ०३:४५
1140x725

काठमाडौं– सबैतिर दसैंको रमझम छ। काठमाडौं कर्मथलो हुनेहरू दसैं मनाउन घर फर्किरहेका छन्। जागिर गर्नेहरूको लागि घर जाने उपयुक्त समय दसैं हो। राजधानी बसेर व्यापार व्यवसाय गर्नेको लागि भने दसैं आम्दानीको सिजन बनेको छ। व्यापारको आसमा नवमीको दिनसम्म उनीहरू व्यवसायमा तल्लीन हुन्छन्। ठमेलमा कपडाको व्यापार गरिरहेका काभ्रेका राजेश सापकोटा भन्छन्,‘दसैंमा अन्य समयभन्दा बढी आम्दानी सकिन्छ।’ 

_x000D_ _x000D_

यही आयस्रोतले दसैं खर्च टार्न समस्या नहुने सापकोटा जस्ता व्यवसायी बताउँछन्।

_x000D_ _x000D_

आम्दानी हुनेका लागि यो उत्सवको समय नै हो। तर, ठमेलको भित्री बजारमा रिक्सा चलाइरहेका रिक्सा चालकलाई भने दसैं आतंकले सताइरहेका छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

 

_x000D_ _x000D_

निजगढ घर भएका ५८ वर्षीय धनबहादुर खत्री ३८सालदेखि ठमेलमा रिक्सा चलाइरहेका छन्। जब हरेक साल दसैं आउँछ उनी कुनै गह्रुंगो भारीले थिचेको महसुस गर्छन्। ‘रिक्सा चलाएर आफैंलाई खान नपुग्ने अवस्था आएको छ। यस्तो बेलामा दसैं कसरी मान्नु,’ उनी भन्छन्,‘हामीजस्ताको लागि दसैं नआएको बेस।’ 

_x000D_ _x000D_

पछिल्लो समय रिक्साबाट हुने कमाइ घट्दै गएको उनी बताउँछन्। उनी दिनको १८ घन्टा रिक्सा लिएर डुल्छन्, हरेक रात अनिँदो बसी यात्रुको प्रतीक्षामा हुन्छन्। ‘कहिलेकाहीँ त रिक्सा साहुलाई भाडै बुझाउने पैसा पनि उठ्दैन,’उनी दुःखेसो पोख्छन्।

_x000D_ _x000D_

केही वर्षपहिले रिक्सा चढ्नेहरू प्रशस्त हुन्थे। त्यो समयमा उनले राम्रै कमाएका पनि थिए। तर, पछिल्लो समय सवारीसाधनहरूको संख्या बढ्दै गएपछि भने रिक्साको कमाइ शून्य भएको उनी बताउँछन्। ठमेलमा चौबीसै घन्टा मानिसको भिड हुन्छ। त्यसमाथि साना गाडी र मोटरबाइक गुडिरहँदा रिक्सा गुड्ने ठाउँ हुँदैन। अझ ट्राफिक प्रहरीको अत्याचार भने वर्षौँदेखि भोग्दै आएको उनको गुनासो छ। उनी भन्छन्, ‘ट्राफिकहरूले त रिक्सा चलाउनै दिँदैनन्, अझ बाहिरी रोडमा निस्क्यौँ भने पेसिन्जर पनि ओरालिदिन्छन्।’ ट्राफिककै कारणपनि रिक्सा चलाउन झन्झन् कठिन बन्दै जाने उनको दुखेसो छ। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

रातको समय रिक्सा चलाउँदा ठूलो जोखिम मोल्नुपर्छ। उनी पट पटक पकेटमारबाट लुटिएका छन्। धेरैपल्ट आक्रमणको सिकार भएका छन्। ‘केही समयअघि मेरो चाबी र पैसा लुटियो, मलाई आक्रमण हुँदा कान र नाकमा घाउ भयो। पुलिसलाई भन्दा कुनै उद्धार हुँदैन’, उनी रातको विभत्स पीडा सुनाउँछन्,‘त्यतिबेला पनि ठमेलमा मानिसको आवतजावत भइरहन्छ, कमाइ हुन्छ भन्ने आशले रिक्सा चलाउँदा आफू लुटिनुपर्छ।’ 

_x000D_ _x000D_

दसैं आइरहँदा आफूलाई भने गुजाराकै समस्याले पोलिरहेको उनी सुनाउँछन्। 

_x000D_ _x000D_

उसो त यो उनको मात्र दुःख होइन। यहाँको ४ सय ७२ रिक्सा चालकको साझा दुःख हो। 

_x000D_ _x000D_

ओखलढुंगा घर भएका ४२ वर्षीय राम बुढाथोकीको पनि उस्तै पीडा छ। ५० सालदेखि रिक्सा चलाइरहेका उनी केही वर्षयता भने आजित छन्। रिक्सा चलाउन सुरु गर्दाताका रिक्सा चढ्नेहरूकै भिड हुन्थ्यो। ट्राफिकको हेपाइ पनि सहनु पर्दैन थियो। अन्य सवारी निकै कम थिए, त्यतिबेला पार्किङको पनि समस्या थिएन। तर, अहिले यी सबै समस्याको थुप्रोले उनलाई सताउने गर्छ। 

_x000D_ _x000D_

‘बल्लबल्ल पाएको यात्रुलाई पनि ट्राफिकले झार्न लगाउँछ, उनीहरूको कुनै नियम छैन,बाहिरी रोडहरूमा चल्न दिँदैनन्, राम्रो पार्किङको व्यवस्था पनि छैन। कतै रोक्न दिँदैनन्,’उनी गुनासो गर्छन्,‘हामीजस्ता गरिबको पीडा न प्रहरीले बुझ्न न सरकारले नै।’ 

_x000D_ _x000D_

नेपालमा गाडी आउनुभन्दा पहिले रिक्साको प्रचलन थियो। तर, अहिले प्रशस्त गाडी हुनाले रिक्सालाई सरकारले विस्थापित गर्न खोजेको उनको गुनासो छ। एकदिन उनले बौद्धबाट गेस्ट लिएर आउँदा बीच बाटोमा ट्राफिकले रोकेर रिक्सा चल्न  दिएन। यात्रुलाई अलपत्र बनायो। वरपरका पसल, ट्राफिक प्रहरी, अन्य गाडी मोटरबाइक यी सबैको चेपाइमा आफूहरू परेको उनको अनुभव छ। 

_x000D_ _x000D_

रिक्साचालकहरूको समिति भएपनि आफूहरूको पीडालाई बेवास्ता गरेको उनी बताउँछन्। भन्छन्,‘समिति छ तर हाम्रो हितमा कुनै काम गरेको छैन।’

_x000D_ _x000D_

देशमा संघीयता आयो, स्थानीय सरकार पनि आयो। तर, उनको दुःखमा भने कमी आएन, झन् बढिरह्यो। बरु कति पटक रिक्सा प्रहही चौकीबाट ल्याउनुपर्यो, कतिपल्ट प्रहरीको भाटा खानुपर्यो। तर पनि हुन्छ भन्ने आशले पेसालाई निरन्तरता दिन उनी बाध्य छन्। 

_x000D_ _x000D_

रिक्सामा चढ्ने पर्यटकको संख्या बढी हुन्थ्यो। तर, पछिल्लो समय पर्यटक पनि कम चढ्नाले दानापानी नै बन्द हुने अवस्था आएको छ। ‘धेरै सवारी भित्रिए, त्यसमाथि भित्री गल्ली हिँड्नुपर्दा पहिले हामीलाई सोधेर जानुपर्ने ठाउँमा जान्थे, तर अहिले त इन्टरनेटले कता जाने हो सबै बताउँछ।’उनी पर्यटक यात्रु घट्नुको कारण बताउँछन्। 

_x000D_ _x000D_

दसैंको माहोलमा पनि उनी चिन्तित छन्। किनकि कमाइ नहुनु उनको प्रमुख चिन्ता हो। ‘कमाइ नहुनेका लागि दसैं दशा हो,’उनी भन्छन्। 

_x000D_ _x000D_

नुवाकोट घर भएका ४० वर्षीय कृष्णबहादुर तामाङको पनि पीडा उस्तै छ।  पुलिसले लखेट्ने र रिक्सा चलाउन नदिने सबैको प्रमुख समस्या हो। अरुजस्तै कृष्णलाई पनि यसपालि दसैं मनाउन समस्या छ। कमाइ नहुनाले छोराछोरीलाई कसरी चित्त बुझाउने भन्ने उनको पिरलो छ। 

_x000D_ _x000D_

अर्का चालक विष्णु कार्की पनि दसैंबाट तर्किरहेका छन्। ३२ वर्षदेखि रिक्सा चलाइरहेका ५६ वर्षका उनी रिक्साबाट बाँकी आशा देख्दैनन्। ‘पेसा छाडेर अरु गर्ने सिप पनि छैन। यही पेसामा पनि कमाइ खान नदिने भए,’ उनी पीडा सुनाउँछन्।भन्छन्, ‘सरकारले हामीलाई काम गर्ने वातावरण मात्र दिए हुन्थ्यो। हामी खुसी साथ काम त गर्न पाउँथ्यौँ।’ 

_x000D_ _x000D_

उनी दसैंमा रमझम गर्ने अवस्था नभएको बताउँछन्। दसैंमा खर्च गर्नपनि ऋण गर्नुपर्ने उनको बाध्यता छ।‘यसपालि परिवारलाई केही किनिदिनुपर्छ भनेर ८ हजार सापटी मागेको छु। दसैं यसै ऋणले मनाउनुपर्ला,’ निराश हुँदै उनले सुनाए।

प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
दुवै सदनबाट बजेट पारित
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्