• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर

64x64
नेपाल लाइभ शनिबार, माघ १७, २०८२  ०९:००
1140x725

काठमाडौं–  नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन तथा व्यक्तिगत सरसफाइका सामग्रीमै जनस्वास्थ्यका लागि अत्यन्तै घातक मानिने सिसा (लिड) अत्यधिक मात्रामा फेला परेको एक अध्ययनले देखाएको छ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले गरेको पछिल्लो अध्ययनले सिन्दूर, टुथपेस्ट र गाजलजस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी लिड भेटिनुले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’को प्राविधिक तथा आर्थिक सहयोगमा गरिएको अध्ययन काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलमा बिक्री भइरहेका उत्पादनमा केन्द्रित थियो। गत अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म संकलन गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा लिड भेटिनुले उपभोक्ताले दैनिक प्रयोग गरिरहेका सामग्री सुरक्षित छैनन् भन्ने स्पष्ट सन्देश दिएको छ।

‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ (एएएस) विधिबाट गरिएको परीक्षणमा लिड भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएम र ७७ प्रतिशतले अमेरिका तथा क्यानडाको १ पीपीएमको सीमा नाघेका छन्। अझ गम्भीर पक्ष के छ भने नेपालमै स्वेच्छिक रूपमा तोकिएको १० पीपीएमको मापदण्डसमेत ५१ प्रतिशत नमुनाले उल्लङ्घन गरेका छन्।

उत्पादनअनुसार विश्लेषण गर्दा सिन्दूर सबैभन्दा जोखिमयुक्त देखिएको छ। विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरका ४० प्रतिशत नमुनामा लिड भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म लिड पाइएको छ। बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही टुथपेस्टमा समेत लिड भेटिनु बालस्वास्थ्यका लागि झनै चिन्ताजनक विषय बनेको छ। गाजलमा लिडको मात्रा तुलनात्मक रूपमा कम देखिए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने अध्ययनले औंल्याएको छ।

भौगोलिक रूपमा हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी (४२.५ प्रतिशत) नमुनामा लिड भेटिएको छ। ‘हर्बल’ वा ‘प्राकृतिक’ भनेर प्रचार गरिएका उत्पादनहरू समेत लिडमुक्त नभएको तथ्यले बजारमा हुने दाबी र वास्तविकता बीचको गहिरो अन्तर उजागर गरेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार लिडको दीर्घकालीन असर अत्यन्तै गम्भीर हुन्छ। विश्व स्वास्थ्य संगठनले मानव शरीरका लागि लिडको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरिसकेको छ। लिडको सम्पर्कले बालबालिकाको बौद्धिक विकासमा असर पार्नुका साथै व्यवहारमा आक्रामकता बढ्ने, सिकाइ क्षमता घट्ने र स्नायु प्रणालीमा स्थायी क्षति पुग्ने जोखिम रहने बताइएको छ।

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा नियमनकारी निकायका प्रतिनिधिहरूले कानुनी कमजोरी स्वीकार गरेका छन्। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कस्मेटिक सामग्रीलाई प्रभावकारी रूपमा नियमन गर्न औषधि ऐन संशोधन आवश्यक रहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

'कतिपय उपभोग्य सामग्रीमा न्यूनतम मात्रामा सिसा पाइने समस्या छ, त्यसका लागि स्पष्ट र कडा नियमन अपरिहार्य छ,' उनले भने। ऐन संशोधन प्रक्रिया अघि बढिरहेको जानकारीसमेत उनले दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालीहरू अनजानमै यस्ता विषालु पदार्थ प्रयोग गरिरहेको हुन सक्ने भन्दै यसले जनस्वास्थ्यमा दीर्घकालीन संकट निम्त्याउन सक्ने चेतावनी दिए। मन्त्रालयका उपसचिव डा. समिरकुमार अधिकारीले लिडसम्बन्धी अध्ययनलाई जनस्वास्थ्य नीतिमा गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए।

सेपेडका कार्यकारी निर्देशक रामचरित्र साहले सिसाजस्ता रसायन नियमन गर्ने स्पष्ट अधिकार सम्पन्न सरकारी निकाय नहुनु ठूलो कमजोरी भएको बताए। 'साना बालबालिकामा लगाइने काजल, हरेक बिहान प्रयोग हुने दन्तमंजन र विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरमै सिसा भेटिनु जनस्वास्थ्य संकटको संकेत हो,' उनले भने।

कार्यक्रममा मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले लिड फ्री उत्पादनको पक्षमा अभियान चलाइरहेको बताउँदै आफू ब्रान्ड एम्बेसडर बन्दा लिड फ्री उत्पादनसँग मात्र आबद्ध हुने प्रतिबद्धता जनाइन्।

अध्ययनले सरकारलाई कस्मेटिक सामग्रीका लागि अनिवार्य मापदण्ड, नियमित परीक्षण र प्रभावकारी कार्यान्वयन संयन्त्र निर्माण गर्न आग्रह गरेको छ। साथै उपभोक्तालाई सामग्री खरिद गर्दा ‘लिड फ्री’ लेबल भएको उत्पादन छनोट गर्न र शिशुमा परम्परागत रूपमा काजल लगाउने अभ्यास कम गर्न सुझाव दिएको छ।

दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सामग्रीमै लिड भेटिनु अब केवल उपभोक्ताको रोजाइको विषय नभई राज्यको जिम्मेवारी र जनस्वास्थ्य सुरक्षाको गम्भीर प्रश्न बनेको छ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सार्वजनिक पदाधिकारीले लिन पाउने छैनन् उपहार, राज्यकोषमा दाखिला गर्न सर्वोच्चको आदेश
पूर्व प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग औचित्यहीन भन्दै सर्वोच्चले खारेज ग-यो रिट
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : प्रहरी भवनदेखि दलित ऐन संशोधनसम्म
सम्बन्धित सामग्री
सरकारी पदाधिकारीका उपहारमा सर्वोच्चको अंकुश, विवरण सार्वजनिक गर्न आदेश सार्वजनिक पदाधिकारीहरूले विभिन्न भेट तथा विदेश यात्राका बेला प्राप्त गरेको उपहारहरू सरकारीकरण हुनुपर्ने माग राखी दायर भएको रिट निवेद... बुधबार, भदौ २४, २०८३
रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । बुधबार, भदौ २४, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट विदेशी विज्ञसहितको टोलीलाई पावर हाउसभित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाले घिसिङको साथ मागेको हो । बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
अब सार्वजनिक पदाधिकारीले लिन पाउने छैनन् उपहार, राज्यकोषमा दाखिला गर्न सर्वोच्चको आदेश बुधबार, भदौ २४, २०८३
पूर्व प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग औचित्यहीन भन्दै सर्वोच्चले खारेज ग-यो रिट बुधबार, भदौ २४, २०८३
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : प्रहरी भवनदेखि दलित ऐन संशोधनसम्म बुधबार, भदौ २४, २०८३
गत भदौ २४ मा केपी ओलीलाई जलाउने योजना थियोः राधिका शाक्य बुधबार, भदौ २४, २०८३
आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेको पहिचान गर्न गगनको आग्रह बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्