काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।
‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं’ बुढाले भने ।
बालेनको टिम अछामको मंगलसेन जाँदै गर्दा बाटोमा चिया खान आज बिहान ९:३० बजेतिर गाडी रोकिएको थियो । गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकहरुले अवस्था क्रिटिकल छ भनेपछि काठमाडौं ल्याइएको हो ।
सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष हुन् । उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।