काठमाडौँ– गोरखापत्र संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
संस्थानले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगबाट आ.व. ०६२/७३ को स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम प्राप्त सहमति अनुसार संस्थानमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुने संस्थानले जनाएको छ । नायव कार्यकारी सम्पादक, समाचारदाता, फोटोग्राफी, प्रशासन अधिकृत, सामान्य प्रशासन अधिकृत लगायतका ६४ पदहरूमा दरखास्त आह्वान गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।