काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर पूजा-अर्चना गरेका छन् ।
आइतबार जनकपुर पुगेका पूर्वराजा शाहले सोमबार साँझ जानकी मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गरेका हुन् ।
मन्दिरमा उनलाई महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए ।
मन्दिर परिसरमा पूर्वराजा शाहका समर्थकहरूको समेत उपस्थिति रहेको थियो । जनकपुर प्रवासका क्रममा उनले समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको बताइएको छ ।
उक्त भ्रमणलाई धार्मिक आस्थासँग सम्बन्धित निजी कार्यक्रमका रूपमा लिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।