नवलपरासी– देवचुलीस्थित नेपाल माध्यमिक विद्यालयको बसले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका-१ स्थित उक्त विद्यालयको बसले किच्दा नर्सरीमा पढ्ने सुष्मा पासवानको ज्यान गएको हो । उनी सोही विद्यालयकी विद्यार्थी हुन् ।
बसबाट स्कुल झर्ने क्रममा खसेको झोला टिप्न खोज्दा ब्याक गरेको बसले उनलाई किचेको थियो । बसका चालकले बच्चा नदेखेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि देवचुली नगर अस्पताल पठाउन लागिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।