भैरहवा– दसैंको रमझम सुरु भइसक्यो। घरआँगन चिरिच्याट्ट पार्न थालिएको छ। फूलहरुको सुगन्धले दसैंलाई अझ स्वागत गरिरहेछ।
_x000D_
_x000D_
स्थलमार्ग हुँदै नेपाल भित्रिने मुलुककै ठूलो नाका रुपन्देहीको बेलहियामा भने यति बेला निकै भिड देखिन्छ। भारतमा कार्यरत हजारौं 'मुग्लानी' दसैं मनाउन देश फर्किरहेका छन्।
_x000D_
_x000D_
हिन्दुहरुको महान् पर्व दसैं र तिहार हर्षोल्लासका साथ मनाउन भारतमा कार्यरत नेपालीहरु फर्किइरहेका हुन्। भारतको हरियाणस्थित एक होटलमा कार्यरत पर्वतका ४१ वर्षीय कृष्णबहादुर पाण्डेले परिवारका साथ दसैं मनाउन आफू कामबाट बिदा लिएर घर फर्किएको बताए। 'परिवारका साथ दसैं मनाउन नपाएको दुई वर्ष भइसकेको थियो, त्यसकारण पनि यसपालि परिवारसँगै मनाउने हो,' झोला सम्हाल्दै हर्षित मुद्रामा उनले भने, 'घरमा बच्चाहरु बाबा आउँदै हुनुहुन्छ भनेर कुरेर बसिरहेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
जति दसैं नजिकिँदै छ, सिमानाको भारतीय बजार सुनौलीमा नेपालीहरुको घुइँचो लागेको छ।
_x000D_
_x000D_
भारतबाट बेलहिया नाका हुँदै दैनिक हजारौँ नेपाली नागरिक स्वदेश फर्किइरहेका छन्।
_x000D_
_x000D_
यसैबीच दसैं, तिहारका कारण जिल्लामा अपराध बढ्ने गरेको कारण प्रहरीले पनि विशेष सुरक्षा योजना लागू गरेको छ। घर फर्किरहेका नेपालीहरुलाई भारतमा लुटिने क्रम भने विगतको तुलनामा कमी आएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। गत वर्ष दसैंमा घर फर्किने क्रममा २० जना नेपाली भारतमा लुटिएका थिए। बेलहिया प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापा भन्छन्, 'स्वदेश फर्कनेमध्ये यसपालि ४ जना लुटिएको खबर आएको छ।'
_x000D_
_x000D_

_x000D_
_x000D_
प्रहरी निरीक्षक थापाले भारतबाट फर्किने नेपालीहरुलाई लुटेराहरुले नसालु पदार्थ खुवाएर लुटपाट गर्ने भएकोले भारतमा कार्यरत आफ्नो आफन्त, साथीभाई लगायतलाई घर फर्किने बेलामा कसैले पनि बाटोमा केही खाना दिएमा नखानका लागि सचेत गराउन समेत आग्रह गरे। त्यस्तै दसैं मनाउन फर्किरहेका मुग्लानीहरुसँग मनोमानी भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीहरुलाई सचेत गराइएको उनले बताए।
_x000D_
_x000D_
भारत लगायत तेस्रो मुलुकबाट आउने नेपालीहरुले विगतमा जस्तो यस पटक भारतीय पक्षबाट कुनै अफ्ठ्यारो नरहेको महसुस गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
भारतको दिल्लीबाट दसैं मनाउन आएका पोखराका जितबहादुर खनालले बाटामा कुनै समस्या नरहेको बताए। 'दिल्लीदेखि यहाँसम्म आउँदा कुनै पनि समस्या भएन,' उनी सुनाउँछन्।
_x000D_
_x000D_
त्यस्तै भारतीय प्रहरी सेवामा कार्यरत पर्वतका धनबहादुर रानाले पनि समस्या खेप्नु नपरेको सुनाए। 'बरु त्यहाँ नेपालीहरुलाई ठाउँठाउँमा सहयोग नै गरेको पाइयो,' उनी भन्छन्।
_x000D_
_x000D_
दसैं मनाउनका लागि भारत लगायत तेस्रो मुलुकबाट दैनिक सयौंको संख्यामा नेपालीहरु स्वदेश फर्कने गरेका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
नेपालीहरु र अन्य पर्यटकको भिडभाडले नाकामा जामको समस्या हुन नदिन ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त पारेको जनाएको छ। विगत जस्तो अहिले नाकामा जाम छैन। सवारी आवगमान सहज रुपमा भइरहेको छ।
_x000D_
_x000D_
मनोमानी भाडा लिने रिक्सा चालक, बस, ट्याक्सी व्यवसायीहरुलाई पनि सचेत गराइएको ट्राफिक प्रहरी पोस्ट बेलिहयाका प्रमुख एवं प्रहरी नायब निरीक्षक नारद कार्कीले बताए।
_x000D_
_x000D_

_x000D_
_x000D_
'हामीले रिक्सा चालक र यातायात व्यवसायीहरुलाई यस विषमा सचेत गराएका छौँ,' उनले भने, 'हालसम्म चर्को मूल्य लिएको विषयमा कुनै गुनासो आएको छैन। गुनासो आए तत्काल कारबाही गर्छौँ।'
_x000D_
_x000D_

_x000D_
_x000D_
भारतबाट आउने नेपालीलाई बेलहियाबाट पठाउँदा दलाल सक्रिय हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।