• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?

64x64
नेपाल लाइभ बिहीबार, माघ ८, २०८२  ०८:३६
1140x725

काठमाडौं– शरीरको अनावश्यक तौल घटाउने इच्छा हर कोहीलाई हुन्छ।

तौल घटाउनकै लागि मानिसहरु खानामा कटौती गर्ने, व्यायाम गर्ने, विभिन्न औषधिको समेत प्रयोगसम्म गर्छन्। केही व्यक्तिको तौल सजिलैसँग घटिरहेको हुन्छ त केहीलाई तौल घटाउन निकै मुश्किल पर्छ।

धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई समेटेर गरिएको एक अध्ययन अनुसार १० मध्ये ८ जनाले मोटोपनलाई जीवनशैली परिवर्तन गरेर पूर्ण रूपमा रोक्न सकिन्छ भन्ने बताएका छन्। यो अध्ययन मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित भएको थियो।

तर पछिल्ला २० वर्षदेखि मोटा तथा बढी तौल भएका मानिसहरूसँग काम गर्दै आएकी डाइटिसियन बिनी सुरेश यस धारणासँग सहमत छैनन्। उनका अनुसार यो सोच अधुरो सत्य मात्र हो।

उनी भन्छिन्, ‘म प्रायः यस्ता बिरामीहरू देख्छु जो अत्यन्तै प्रेरित छन्, पर्याप्त जानकारी राख्छन् र निरन्तर प्रयास गरिरहेका हुन्छन्, तर पनि तौल घटाउन संघर्ष गरिरहेका हुन्छन्।’

‘वेटवाचर्स’ की मेडिकल डाइरेक्टर डा किम बॉयड पनि यसमा सहमत छन्। उनी भन्छिन्, इच्छाशक्ति र सेल्फ–कन्ट्रोल जस्ता शब्दहरू गलत छन्। दशकौँदेखि मानिसहरूलाई ‘कम खाऊँ र बढी व्यायाम गर’ भनेर भनिँदै आएको छ। यसले तौल घट्छ भनिन्छ.। तर मोटोपन यसभन्दा धेरै जटिल समस्या हो।’

बेलायतमा सरकारले यस समस्यासँग जुध्न नियमन (रेगुलेसन) को सहारा लिएको छ। यस सम्बन्धमा हालै गरिएको सबैभन्दा नयाँ कदम भनेको राति ९ बजेभन्दा अगाडि टेलिभिजनमा जंक फुडका विज्ञापन र अनलाइन प्रमोशनमाथि पूर्ण प्रतिबन्ध लगाउनु हो, जुन अहिले लागू भइसकेको छ।

तर यति हुँदा हुँदै पनि धेरैको धारणा छ कि यो कदम मात्रले बेलायतमा बढ्दो मोटोपनको समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण सक्दैन। बेलायतमा औसतमा प्रत्येक चार वयस्कमध्ये एकभन्दा बढी व्यक्ति मोटोपनको समस्याबाट प्रभावित रहेको बीबीसीले उल्लेख गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

जीनको प्रभाव

प्रोफेसर सदफ फारुकी एक कन्सल्टेन्ट एन्डोक्राइनोलोजिस्ट हुन्। उनी गम्भीर मोटोपन तथा यससँग सम्बन्धित एन्डोक्राइन रोग भएका बिरामीहरूको उपचार गर्छिन्। उनी भन्छिन्, ‘कसैको तौल कति बढ्छ भन्ने कुरा उसको जीनसँग ठूलो हदसम्म सम्बन्धित हुन्छ, र यी जीनहरू हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छन्।’

उनका अनुसार केही विशेष जीनहरूले दिमागका ती भागहरूमा प्रभाव पार्छन्, जसले पेटबाट दिमागतर्फ जाने संकेतको आधारमा भोक र खाने व्यवहारलाई नियन्त्रित गर्दछ। 

अहिलेसम्म पत्ता लागेका जीनहरूमध्ये सबैभन्दा महत्वपूर्णमध्ये एक मानिने जीन भनेको एमसी४आर जीन हो। यस जीनमा हुने म्युटेसनले बढी खाने प्रवृत्ति बढाउँछ र पेट भरिएको अनुभूति कम गराउँछ। अनुमान अनुसार यो जीन विश्वका प्रत्येक पाँच जनामध्ये एक व्यक्तिमा पाइने उनले बताइन्। 

उनको अनुमान अनुसार तौलमा असर पार्ने हजारौँ जीनहरू हुन सक्छन्, तर अहिलेसम्म तीमध्ये ३० देखि ४० वटा जीनको बारेमा मात्र विस्तारमा जानकारी पाउन सकिएको छ।

बेरियाट्रिक सर्जन तथा ‘व्हाइ वी ईट टु मच’ पुस्तकका लेखक एन्ड्र्यु जेनकिंसनका अनुसार हरेक व्यक्तिको शरीरसँग एउटा यस्तो तौल हुन्छ, जसलाई उसको दिमागले आफ्नो लागि उचित वा सही तौल ठान्छ, त्यो तौल बढी होस् वा नहोस्।

यस अवधारणालाई ‘सेट वेट प्वाइन्ट थ्योरी’ भनिन्छ। यो (सेट वेट) मुख्य रूपमा जेनेटिक्सले निर्धारण गर्ने उनले बताए। तर यसमा अन्य कारणहरू पनि हुन्छन्। यसमा हामीले खाने खाने वातावरण, तनावको अवस्था र निद्रा पर्ने उनले बताए। यसको अर्थ शरीरको तौल थर्मोस्ट्याट जस्तै हो। शरीरले आफूलाई सहज लाग्ने तौलको दायरा जोगाइ राख्ने प्रयास गर्छ।

यस थ्योरी अनुसार, यदि तौल यो ‘सेट प्वाइन्ट’ भन्दा तल झर्छ भने, भोक बढ्छ र मेटाबोलिज्म सुस्त हुन्छ, ठीक त्यस्तै जसरी धेरै चिसो हुँदा थर्मोस्ट्याटले तापक्रम बढाउँछ। डा जेनकिंसन एकपटक यो सेट प्वाइन्ट निर्धारण भइसकेपछि केवल इच्छा शक्तिको भरमा यसलाई परिवर्तन गर्नु निकै गाह्रो हुने उनले बताए। यसले यो–यो डायटिङ (तौल घट्नु–बढ्नु) लाई पनि व्याख्या गर्छ।

उनी उदाहरण दिँदै भन्छन्, ‘मानौँ तपाईको तौल २० स्टोन (करिब १२७ किलोग्राम) छ र तपाईंको दिमागले त्यही तौल कायम राख्न चाहन्छ। यदि कम क्यालोरीको डाइट अपनाएर दुई स्टोन तौल घटाउनुभयो भने तपाईको शरीरको प्रतिक्रिया ठीक त्यस्तै हुनेछ, जस्तो भोकै बसिरहनु भएको हो।’

उनी थप्छन्, ‘यसको परिणाम स्वरूप अत्यधिक भोक लाग्छ, व्यवहारमा खाना खोज्ने प्रवृत्ति बढ्छ र मेटाबोलिज्म घट्छ। यी भोकका संकेतहरू अत्यन्त शक्तिशाली हुन्छन्। ती प्यास लाग्दाका संकेत जत्तिकै बलिया हुन्छन्। यी संकेतहरू हामीलाई जीवित राख्नका लागि हुन्।’

झन् बढ्दै मोटोपनको समस्या 

पछिल्लो एक दशकमा बढी तौल वा मोटोपनको श्रेणीमा पर्ने वयस्कहरूको अनुपात निरन्तर बढ्दै गएको छ। हेल्थ फाउन्डेसनको २०२५ को विश्लेषण अनुसार अहिले बेलायतका ६० प्रतिशतभन्दा बढी वयस्क यस श्रेणीमा पर्छन्, जसमध्ये करिब २८ प्रतिशत मोटोपनबाट प्रभावित छन्।

यसको एउटा प्रमुख कारण कम गुणस्तरका र धेरै क्यालोरी भएका खानेकुरा हुन्। विशेषगरी अल्ट्रा–प्रोसेस्ड खानाको अत्यधिक उपलब्धता र कम मूल्य यसको ठूलो कारण बनेको छ।

यसमा फास्ट फुड र गुलियो पेय पदार्थको आक्रामक मार्केटिङ र विज्ञापन, खानामा तिनको बढ्दो प्रयोग, साथै शहरी जीवनशैली वा समयको अभावका कारण शारीरिक गतिविधिका सीमित अवसर जोडिँदा अवस्था झन् जोखिमपूर्ण बन्छ। पब्लिक हेल्थका विज्ञहरूले यस अवस्थालाई ‘ओबेसोजेनिक वातावरण’ भन्छन्।

यो शब्द पहिलो पटक १९९० को दशकमा प्रयोग गरिएको थियो, जब अनुसन्धानकर्ताहरूले बढ्दो मोटोपनको दरलाई खानाको सजिलो उपलब्धता, आक्रामक मार्केटिङ र शहरी जीवनशैली जस्ता बाह्य कारणहरूसँग जोड्न थालेका थिए।

सबै कारणहरू मिलेर धेरै खाने र कम शारीरिक सक्रियता तर्फ मानिसहरूलाई धकेल्के विशेषज्ञहरुको तर्क छ। यसको अर्थ, अत्यन्तै प्रेरित मानिसहरूलाई समेत सन्तुलित तौल कायम राख्न गाह्रो पर्न सक्छ। यही कारणले ‘इच्छाशक्ति’ भन्ने शब्द किन यति जटिल र विवादास्पद बनेको छ भन्ने कुरा पनि स्पष्ट हुन्छ।

- बीबीसी हिन्दीबाट साभार 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने?
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्