• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ?

64x64
नेपाल लाइभ बिहीबार, माघ ८, २०८२  ०८:३६
1140x725

काठमाडौं– शरीरको अनावश्यक तौल घटाउने इच्छा हर कोहीलाई हुन्छ।

तौल घटाउनकै लागि मानिसहरु खानामा कटौती गर्ने, व्यायाम गर्ने, विभिन्न औषधिको समेत प्रयोगसम्म गर्छन्। केही व्यक्तिको तौल सजिलैसँग घटिरहेको हुन्छ त केहीलाई तौल घटाउन निकै मुश्किल पर्छ।

धेरै मानिसहरुलाई लाग्छ कि मोटोपन घटाउनु भनेको केवल इच्छा शक्तिको कुरा हो। बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाका मानिसहरूलाई समेटेर गरिएको एक अध्ययन अनुसार १० मध्ये ८ जनाले मोटोपनलाई जीवनशैली परिवर्तन गरेर पूर्ण रूपमा रोक्न सकिन्छ भन्ने बताएका छन्। यो अध्ययन मेडिकल जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित भएको थियो।

तर पछिल्ला २० वर्षदेखि मोटा तथा बढी तौल भएका मानिसहरूसँग काम गर्दै आएकी डाइटिसियन बिनी सुरेश यस धारणासँग सहमत छैनन्। उनका अनुसार यो सोच अधुरो सत्य मात्र हो।

उनी भन्छिन्, ‘म प्रायः यस्ता बिरामीहरू देख्छु जो अत्यन्तै प्रेरित छन्, पर्याप्त जानकारी राख्छन् र निरन्तर प्रयास गरिरहेका हुन्छन्, तर पनि तौल घटाउन संघर्ष गरिरहेका हुन्छन्।’

‘वेटवाचर्स’ की मेडिकल डाइरेक्टर डा किम बॉयड पनि यसमा सहमत छन्। उनी भन्छिन्, इच्छाशक्ति र सेल्फ–कन्ट्रोल जस्ता शब्दहरू गलत छन्। दशकौँदेखि मानिसहरूलाई ‘कम खाऊँ र बढी व्यायाम गर’ भनेर भनिँदै आएको छ। यसले तौल घट्छ भनिन्छ.। तर मोटोपन यसभन्दा धेरै जटिल समस्या हो।’

बेलायतमा सरकारले यस समस्यासँग जुध्न नियमन (रेगुलेसन) को सहारा लिएको छ। यस सम्बन्धमा हालै गरिएको सबैभन्दा नयाँ कदम भनेको राति ९ बजेभन्दा अगाडि टेलिभिजनमा जंक फुडका विज्ञापन र अनलाइन प्रमोशनमाथि पूर्ण प्रतिबन्ध लगाउनु हो, जुन अहिले लागू भइसकेको छ।

तर यति हुँदा हुँदै पनि धेरैको धारणा छ कि यो कदम मात्रले बेलायतमा बढ्दो मोटोपनको समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण सक्दैन। बेलायतमा औसतमा प्रत्येक चार वयस्कमध्ये एकभन्दा बढी व्यक्ति मोटोपनको समस्याबाट प्रभावित रहेको बीबीसीले उल्लेख गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जीनको प्रभाव

प्रोफेसर सदफ फारुकी एक कन्सल्टेन्ट एन्डोक्राइनोलोजिस्ट हुन्। उनी गम्भीर मोटोपन तथा यससँग सम्बन्धित एन्डोक्राइन रोग भएका बिरामीहरूको उपचार गर्छिन्। उनी भन्छिन्, ‘कसैको तौल कति बढ्छ भन्ने कुरा उसको जीनसँग ठूलो हदसम्म सम्बन्धित हुन्छ, र यी जीनहरू हरेक व्यक्तिका लागि महत्वपूर्ण हुन्छन्।’

उनका अनुसार केही विशेष जीनहरूले दिमागका ती भागहरूमा प्रभाव पार्छन्, जसले पेटबाट दिमागतर्फ जाने संकेतको आधारमा भोक र खाने व्यवहारलाई नियन्त्रित गर्दछ। 

अहिलेसम्म पत्ता लागेका जीनहरूमध्ये सबैभन्दा महत्वपूर्णमध्ये एक मानिने जीन भनेको एमसी४आर जीन हो। यस जीनमा हुने म्युटेसनले बढी खाने प्रवृत्ति बढाउँछ र पेट भरिएको अनुभूति कम गराउँछ। अनुमान अनुसार यो जीन विश्वका प्रत्येक पाँच जनामध्ये एक व्यक्तिमा पाइने उनले बताइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनको अनुमान अनुसार तौलमा असर पार्ने हजारौँ जीनहरू हुन सक्छन्, तर अहिलेसम्म तीमध्ये ३० देखि ४० वटा जीनको बारेमा मात्र विस्तारमा जानकारी पाउन सकिएको छ।

बेरियाट्रिक सर्जन तथा ‘व्हाइ वी ईट टु मच’ पुस्तकका लेखक एन्ड्र्यु जेनकिंसनका अनुसार हरेक व्यक्तिको शरीरसँग एउटा यस्तो तौल हुन्छ, जसलाई उसको दिमागले आफ्नो लागि उचित वा सही तौल ठान्छ, त्यो तौल बढी होस् वा नहोस्।

यस अवधारणालाई ‘सेट वेट प्वाइन्ट थ्योरी’ भनिन्छ। यो (सेट वेट) मुख्य रूपमा जेनेटिक्सले निर्धारण गर्ने उनले बताए। तर यसमा अन्य कारणहरू पनि हुन्छन्। यसमा हामीले खाने खाने वातावरण, तनावको अवस्था र निद्रा पर्ने उनले बताए। यसको अर्थ शरीरको तौल थर्मोस्ट्याट जस्तै हो। शरीरले आफूलाई सहज लाग्ने तौलको दायरा जोगाइ राख्ने प्रयास गर्छ।

यस थ्योरी अनुसार, यदि तौल यो ‘सेट प्वाइन्ट’ भन्दा तल झर्छ भने, भोक बढ्छ र मेटाबोलिज्म सुस्त हुन्छ, ठीक त्यस्तै जसरी धेरै चिसो हुँदा थर्मोस्ट्याटले तापक्रम बढाउँछ। डा जेनकिंसन एकपटक यो सेट प्वाइन्ट निर्धारण भइसकेपछि केवल इच्छा शक्तिको भरमा यसलाई परिवर्तन गर्नु निकै गाह्रो हुने उनले बताए। यसले यो–यो डायटिङ (तौल घट्नु–बढ्नु) लाई पनि व्याख्या गर्छ।

उनी उदाहरण दिँदै भन्छन्, ‘मानौँ तपाईको तौल २० स्टोन (करिब १२७ किलोग्राम) छ र तपाईंको दिमागले त्यही तौल कायम राख्न चाहन्छ। यदि कम क्यालोरीको डाइट अपनाएर दुई स्टोन तौल घटाउनुभयो भने तपाईको शरीरको प्रतिक्रिया ठीक त्यस्तै हुनेछ, जस्तो भोकै बसिरहनु भएको हो।’

उनी थप्छन्, ‘यसको परिणाम स्वरूप अत्यधिक भोक लाग्छ, व्यवहारमा खाना खोज्ने प्रवृत्ति बढ्छ र मेटाबोलिज्म घट्छ। यी भोकका संकेतहरू अत्यन्त शक्तिशाली हुन्छन्। ती प्यास लाग्दाका संकेत जत्तिकै बलिया हुन्छन्। यी संकेतहरू हामीलाई जीवित राख्नका लागि हुन्।’

झन् बढ्दै मोटोपनको समस्या 

पछिल्लो एक दशकमा बढी तौल वा मोटोपनको श्रेणीमा पर्ने वयस्कहरूको अनुपात निरन्तर बढ्दै गएको छ। हेल्थ फाउन्डेसनको २०२५ को विश्लेषण अनुसार अहिले बेलायतका ६० प्रतिशतभन्दा बढी वयस्क यस श्रेणीमा पर्छन्, जसमध्ये करिब २८ प्रतिशत मोटोपनबाट प्रभावित छन्।

यसको एउटा प्रमुख कारण कम गुणस्तरका र धेरै क्यालोरी भएका खानेकुरा हुन्। विशेषगरी अल्ट्रा–प्रोसेस्ड खानाको अत्यधिक उपलब्धता र कम मूल्य यसको ठूलो कारण बनेको छ।

यसमा फास्ट फुड र गुलियो पेय पदार्थको आक्रामक मार्केटिङ र विज्ञापन, खानामा तिनको बढ्दो प्रयोग, साथै शहरी जीवनशैली वा समयको अभावका कारण शारीरिक गतिविधिका सीमित अवसर जोडिँदा अवस्था झन् जोखिमपूर्ण बन्छ। पब्लिक हेल्थका विज्ञहरूले यस अवस्थालाई ‘ओबेसोजेनिक वातावरण’ भन्छन्।

यो शब्द पहिलो पटक १९९० को दशकमा प्रयोग गरिएको थियो, जब अनुसन्धानकर्ताहरूले बढ्दो मोटोपनको दरलाई खानाको सजिलो उपलब्धता, आक्रामक मार्केटिङ र शहरी जीवनशैली जस्ता बाह्य कारणहरूसँग जोड्न थालेका थिए।

सबै कारणहरू मिलेर धेरै खाने र कम शारीरिक सक्रियता तर्फ मानिसहरूलाई धकेल्के विशेषज्ञहरुको तर्क छ। यसको अर्थ, अत्यन्तै प्रेरित मानिसहरूलाई समेत सन्तुलित तौल कायम राख्न गाह्रो पर्न सक्छ। यही कारणले ‘इच्छाशक्ति’ भन्ने शब्द किन यति जटिल र विवादास्पद बनेको छ भन्ने कुरा पनि स्पष्ट हुन्छ।

- बीबीसी हिन्दीबाट साभार 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्