धरान – जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको को.१ ख ७१११ नम्बरको बस दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको छ ।
बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए ।
‘जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको हो,’ उनले भने, ‘१ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’
उनले मृतक र घाइतेहरू बसका यात्रु हुन् वा दुर्घटना भएको ठाउँमा किचिएका हुन् भन्ने एकिन नभएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।