काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचन आचारसंहिता लागु गर्नेबारे छलफल भएको हो । ।
आयोगले आजै रातिबाट निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । उक्त निर्णयबारे प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरूलाई आयोगले ब्रिफिङ गरिरहेको हो ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित मन्त्री, नेपाल सरकारका मुख्यसचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।