काठमाडौँ – नेपाली काँग्रेसले आफ्ना प्रदेश समितिमार्फत आएका समानुपातिक सांसदको उम्मेदवारको सूचीलाई अनुमोदन गरेको छ ।
काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार सातै प्रदेशले आफ्नो भागमा परेका समानुपातिकतर्फका सांसदको उम्मेदवारको सूचीलाई जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।
उक्त नामहरू अनुमोदन भएपछि अहिले २ घण्टाका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए । अब दुई घण्टापछि बस्ने बैठकले समानुपातिकतर्फको सांसदका उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने र त्यसपछि मात्रै निर्वाचन आयोग जाने उनको भनाइ छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक सांसदको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । थापाले सूची बुझाउनको लागि निर्वाचन आयोगबाट निस्सा लिइसकेको पनि जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।