काठमाडौँ– जेन जेड अगुवा सुदन गुरुङले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अलग देखिनु परिवर्तन चाहने आम जनताका लागि दुःखद भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले राजनीतिक संकटको निर्णायक घडीमा बालेन शाह र रवि लामिछानेबिच एकता भए पनि कुलमान नमिल्नुलाई यस्तो बताएका हुन्।
सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौ…कसैलाई पनि कुनै पक्ष लिन बाध्य पारिने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ । अलग राखिएको हो की अलग रहन खोजेका हुन् समयले बताउला! तर आजको समयले तपाईँहरूलाई सँगै उभिने म्याण्डेट दिएको छ।’
उनले अन्तिम क्षणमा कुनै पक्ष लिन बाध्य नपार्न विनम्र अनुरोध गर्दै भनेका छन्, ‘देशलाई विभाजन होइन, एकता आवश्यक छ।त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ…के तपाईँहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो ? जेन जीले हेरिरहेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।