काठमाडौँ– तत्कालीन गृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिने भएका छन्।
भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले बयानका लागि बोलाएकोमा लेखक बयान दिन जाने भएका हुन्।
बिहान ११ बजे बयानका लागि जाने बताइएको छ। बयान लगत्तै उनले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने जनाइएको छ।
लेखकले आज दिउँसो ४ बजे नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेका छन्।
भदौ २३ गते जेन जेड आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। २३ गते प्रहरीले युवाहरूमाथि दमन गर्दा १९ जनाको मृत्यु भएपछि लेखकले २४ गते राजीनामा दिएका थिए।
क
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।