काठमाडौं – नेपाली कांग्रेस समानुपातिक उम्मेदवारको टुंगो लगाउन जुटेको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समानुपातिक उम्मेदवार चयनबारे केन्द्रित रहेको प्रवक्ता डा. प्रकाश शरण महतले बताए।
११० जना उम्मेदवारको टुंगो लगाएर भोलि आयोगमा बुझाउने तयारी भइरहेको बताए।
उनले भने, ‘प्रदेशबाट जिम्मेवार साथीहरूले नै नाम टुङ्ग्याएर पठाउनुभएको छ। त्यसलाई केन्द्रले हेरेर परिमार्जित गरेर भोलिसम्म आयोगमा बुझाउँछ।’
फागुन २१ मा निर्वाचन हुने भएपछि कांग्रेस त्यसतर्फ केन्द्रित भएको बताए।
अहिले महाधिवेशन भन्दा पनि ११० सांसद चयनको काम महत्त्वपूर्ण भएकाले उम्मेदवार चयनमा केन्द्रित भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।