काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक सुरु भएको छ। ११ औँ महाधिवेशनपछि पहिलो पटक बसेको सचिवालय बैठक केही बेरअघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।
बैठकले समानुपातिकका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। यसबाहेक समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको तयारीलगायतको विषयमा पनि छलफल हुनेछ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेकाले आज एमालेले उम्मेदवारको टुंगो लगाउन लागेको हो।
जिल्ला र प्रदेशबाट समानुपातिकका आकाङ्क्षीहरूको नाम संकलन गरेर अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेका छन्।
बैठक र मापदण्डविनै सूची तयार पारिएको भन्दै एमालेमा बैठक बोलाउन दबाब बढाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।