काठमाडौं– नेकपा एमालेको सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेदेखिलाई तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको हो ।
आजको बैठकमा समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा छ ।
त्यस्तै कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्री-शीर्ष नेतासँगको बालुवाटार छलफलबारे अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने बताइएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलि समय तोकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।