काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच आज शीतल निवासमा भेटघाट भएको छ ।
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबीच बिहान भेटवार्ता भएको हो । करिब एक घण्टा भेटवार्ता भएको जनाइएको छ ।
भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले चित्रकारको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको बताइएको छ।
भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा मुलुकको वर्तमान चुनौतीबारे विस्तृत छलफल भएको छ। निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार, शान्ति सुरक्षा व्यवस्थापन र तोकिएकै समयमा चुनाव गराउने विषयमा दुवै पक्ष राष्ट्रपति पौडेल र नेता खनालबीच भेटवार्ता विचार–विमर्श भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।