काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच राष्ट्रपति भवन शीतल निवासमा झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो ।
भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दल समूहलाई मिलाएर निर्वाचन गराउनेलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।