लमजुङ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लमजुङले फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १३ जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ ।
लमजुङमा प्रतिनिधिसभाको एउटामात्र निर्वाचन क्षेत्र रहेकाले प्रत्यक्षतर्फ माओवादी केन्द्र रहँदाका महासचिव तथा पूर्वसांसद देवप्रसाद गुरुङसहित १३ जनालाई सिफारिस गरिएको हो ।
गुरुङ २०७९ को निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी गठबन्धन हुँदा नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका थिए ।
प्रत्यक्षतर्फ पारसमणि पौडेल, देवेन्द्र पराजुली, इजन बराल, ऋषि कट्टेल, मधु अधिकारी गुरुङ, उर्मिला माझी पौडेल, मेखबहादुर भण्डारी, हरिजंग तामाङ, चन्द्रकान्त न्यौपाने, लिलिजङ गुरुङ र यमबहादुर गुरुङको नाम पनि सिफारिस गरिएको छ ।
त्यस्तै समानुपातिकतर्फ दयासागर घिमिरे, कृष्णबहादुर सुनार, सरस्वती भट्टराई, नन्दबहादुर कुमाल, मुरारी भुजेल, हिमकुमारी सुनार, इन्दिरा पोख्रेल, सुनिल सुनार, वासुदेव मिश्र, यशोदा न्यौपाने, होमराज तामाङ, अजय तामाङ, देवबहादुर दुरा र मात्रिकाप्रसाद खनाल सिफारिस गरिएको केन्द्रीय सदस्य परासमणि पौडेलले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।