• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोभिड भ्याक्सिन र हृदयघातको सम्बन्धबारे एम्स अध्ययनले के भन्छ?

64x64
नेपाल लाइभ बिहीबार, पुस १०, २०८२  १०:२२
1140x725

काठमाडौं– भारतमा कोभिड १९ महामारीका क्रममा करोडौ मानिसलाई खोप लगाइएको थियो। भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार सन् २०२५ को डिसेम्बरसम्म २ अर्ब २० करोडभन्दा बढी कोरोना विरुद्धको खोपको डोज लगाइएको छ।

कोभिड भ्याक्सिनसँग सम्बन्धित एम्स दिल्लीको एक नयाँ अध्ययन बाहिर आएको छ। जसले भन्छ, ‘युवाहरुमा भइरहेको अचानक मृत्युको कोभिड भ्याक्सिन या संक्रमणसँग कुनै सम्बन्ध छैन।’

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार २०२४ का अन्त्यसम्म विश्वभर १३ दशमलव ६४ अर्बभन्दा बढी कोभिड भ्याक्सिनको डोज लगाइएको छ। डब्लुएचओले आज पनि भ्याक्सिनको सिफारिस गर्दछ। हृदयघातको पछाडी मुटु सम्बन्धी रोगहरुलाई नै प्रमुख कारण मानिएको एम्सको अध्ययनले देखाएको छ। 

भ्याक्सिन र मृत्युबीचको सम्बन्धमा गरिएको अध्ययनले के भन्छ ?

एम्स दिल्लीका प्याथोलोजी र फोरन्सिक मेडिसिन विभागले मे २०२३ देखि अप्रिल २०२४ सम्म एक वर्षको अटोप्सीमा आधारित अध्ययन गरेको छ। 

यसको शिर्षक हो, ‘युवा वयस्कमा अचानक मृत्युको बोझः भारतको एक ठूलो अस्पतालमा एक वर्षसम्म गरिएको अध्ययन।’

यो अध्ययन इण्डियन जर्नल अफ मेडिकल रिसर्चमा प्रकाशित भएको छ। जुन इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को प्रमुख जर्नल हो।

141631288vaccine-2-1766637114.webp
 

Ncell 2
Ncell 2
nimb
nimb

अध्ययनमा ट्रमा, आत्महत्या, हत्या र लागू औषधका कारण हुने मृत्यलाई छोडी अचानक हुने मृत्युका घटनाहरुको मात्र विश्लेषण गरिएको छ। कुल ९४ युवा (१९ देखि ४५ वर्ष) र ६८ वृद्धवृद्धा (४६ देखि ६५ वर्ष) का व्यक्तिहरुको अचानक भएका मृत्युहरुको जाँच तथा विश्लेषण गरिएको हो। युवाहरुको औसत उमेर ३३ दशमलव ६ वर्षको भनिएको छ। एम्स अध्ययनका अनुसार युवाहरुको मृत्युको प्रमुख कारणहरु निम्न बताइएको छ :

- मृत्यु सम्बन्धी रोग (कार्डियो भास्कुलर डिजीज) सबैभन्दा ठूलो कारण। युवाहरुमा करिब दुई तिहाई मृत्युको कारण

- कुल मृत्युमा ८५ प्रतिशत एथेरोस्क्लेरोटिक कोरोनरी आर्टरी डिजीज पाइएको छ अर्थात् मुटुको नशामा ७० प्रतिशतभन्दा बढी ब्लकेज

- सबैभन्दा बढी प्रभावित नशा – लेफ्ट एन्टीरियर डिसेन्डिंग आर्टरी, त्यसपछि राइट कोरोनरी आर्टरी

- युवाहरुको मृत्युको एक तिहाई मामलामा दोस्रो कारण श्वासप्रश्वाससँग जोडिएको रोग। जस्तै, निमोनिया, टीबी पाइएको छ।

- युवाहरुमा मद्यपान र धूम्रपानको लत

साथै करिब २० प्रतिशतको मृत्युको कुनै यकिन कारण नभेटिएको अध्ययनमा उल्लेख गरिएको छ। अटोप्सी गरेपछि पनि यी मृत्यु के कारणले भएको हो भन्ने यकिन नभएको बीबीसीले उल्लेख गरेको छ। कोभिड संक्रमणको इतिहास या भ्याक्सिनको अवस्था र अचानक मृत्युबीच कुनै सम्बन्ध नरहेको यस अध्ययनले दाबी गरेको छ।

अध्ययन माथि प्रश्न 

पुणेका डीवाई पाटिल मेडिकल कलेज, कम्युनिटि मेडिसिन विभागका चिकित्सक एवं एमेरिटसका प्रोफेसर डा अमिताभ बनर्जीले यस अध्ययन माथि प्रश्न उठाएका छन्।

उनी भन्छन्, ‘अध्ययनमा करिब २० प्रतिशतको मृत्युको कारण पत्ता लागेको छैन। के यो अज्ञात मृत्युमा कोभिड भ्याक्सिनको कनै भूमिका त छैन ? एम्सले यसलाई अझै गहिराईसँग जाँच गर्नुपर्ने थियो।’

यद्यपि यी मृत्युको घटनामा औसत उमेर ३० दशमलव ५ वर्षको रहको एम्सको अध्ययनमा भनिएको छ। यसमा सबैभन्दा धेरै ३० देखि ४० वर्ष उमेरको ५० र २० देखि ३० उमेरको ४० प्रतिशत मानिस थिए। 

आधा केसमा जब मुटुको टिस्युको जाँच (हिस्टोप्याथोलोजी ) गरियो, तब उनीहरुको मुटुमा केही हल्का परिवर्तन भेटियो। जस्तो की मुटुको मांसपेशीहरु थोरै मोटो हुनु, धमनीहरुमा चर्बीको पातलो तह जम्नु वा मुटुको स साना भागहरुमा रगतको हल्का कमी भएको संकेत देखिएको थियो।

अध्ययनले भन्छ, 'यी परिवर्तनहरु यति गम्भीर पनि थिएनन् की मृत्यको सिधा कारण बन्न सकोस्।'

डा अमिताभ बनर्जी भारतमा प्रयोग गरिएको कोभिशिल्ड भ्याक्सिनको सन्दर्भमा भन्छन्, 'युरोपको कयौँ देशहरुले कोभिसिल्ड भ्याक्सिनलाई दुर्लभ तर गम्भीर साइड इफेक्ट (ब्लड क्लट्स र भीआइटीटी) का कारण अस्थायी रुपमा निलम्बिन गरेको थियो। विशेषगरी युवाहरुमा हुने यी जोखिमका कारण।'

उनी एस्ट्राजेनेकाको भ्याक्सिनको उत्पादन बन्द हुनुप्रति पनि प्रश्न उठाउँछन्। कोरोनाको खोप बनाउने फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकाले करिब एक वर्ष पहिले भ्याक्सिनका कारण गम्भीर साइड इफेक्ट हुन सक्ने स्वीकार गरेको थियो।

उक्त कम्पनीले ब्रिटेनको उच्च अदालतमा भ्याक्सिनका कारण केहीलाई थ्रोम्बोसिस विद थ्रोम्बोसाइटोपेनिया सिंड्रोम (टीटीएस) जस्ता स्थिति हुन सक्ने स्वीकार गरेको थियो। एस्ट्राजेनेकाले भारतमा सीरम इन्टीच्युट अफ इण्डियासँग मिलेर कोभिशिल्ड तयार गरेको थियो। 

डा अमिताभ बनर्जी थप्छन्, 'यसका साइड इफेक्ट अत्यन्तै दुर्लभ हुन्छन्। दुर्लभमध्ये पनि दुर्लभ। तर करोडौँ मानिसमा ठुलो स्तरमा प्रयोग हुँदा प्रभावित हुने व्यक्तिको संख्या भने धेरै देखिन सक्छ।'

एम्स दिल्लीका प्याथोलोजी प्रोफेर र अध्ययनका सह लेखक डा सुधीर अरावाले युवाहरुमा हुने अचानक मृत्युको कारण कोभिड भ्याक्सिन नभएको स्पष्ट रहेको उनले बताएका छन्। भारतमा युवाहरुको यस किसिमको मृत्यु माथि धेरै अध्ययन भएको छैन। यस अध्ययनमा यी मृत्युहरु कोभिडसँग सम्बन्धित नरहेको उनले बताए।

यद्यपि एम्स अध्ययनमा युवाहरुको अचानक मृत्युको प्रमुख कारण मुटुसँग जोडिएको रोगलाई मानिएको छ। त्यसपछि श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरु पनि। मुटु सम्बन्धी रोगका कारणमा ८५ प्रतिशत केसमा धमनीको चर्बी जम्नु (कोरोनगरी आर्टरी डिजीज) बाट ह्रदयघात हुनु प्रमुख कारण बताइएको छ।

अध्ययनमा भनिएको छ, 'भारतमा पहिले पनि मुटुसँग सम्बन्धित रोगहरु हुने गर्दथे। तर अब यो समस्या कम उमेरका व्यक्तिहरुलाई पनि भइरहेको छ। यसको पछाडी तीन 'S' को हात छ। स्ट्रेस, स्लीप (निद्राको कमी) र स्मोकिंग।'

भारतमा युवाहरुमा मुटु सम्बन्धी रोग तिव्र गतिमा बढ्नुमा तनाव, अस्वथकर जीवनशैली, कम व्यायाम जिम्मेवार रहेको अध्ययनले देखाएको छ। स्वास्थ्य शिक्षा, नियमित जाँच र स्क्रीनिंगबाट यी मृत्युहरु रोक्न सकिने अध्ययनको निष्कर्ष छ। 

- बीबीसी हिन्दीबाट साभार

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट
संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त
सरकारविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक सुरु
सम्बन्धित सामग्री
संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गरेका हुन् । बिहीबार, भदौ २५, २०८३
नन्दप्रसाद जानुका फाउन्डेसन र इनास युकेले रसुवाका बाढी पीडितलाई बाँड्यो माया रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेका ७२ पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो। बिहीबार, भदौ २५, २०८३
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता शंकर रजकले रेग्मी र राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गरी संघीय संसद् सचिवालयमा सूचित गरेका हुन् । बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
नेपालको शानदार जित, ओमान ६० रनमै अलआउट बिहीबार, भदौ २५, २०८३
संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त बिहीबार, भदौ २५, २०८३
सरकारविरुद्ध साझा रणनीति बनाउन विपक्षी दलहरूको बैठक सुरु बिहीबार, भदौ २५, २०८३
नन्दप्रसाद जानुका फाउन्डेसन र इनास युकेले रसुवाका बाढी पीडितलाई बाँड्यो माया बिहीबार, भदौ २५, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्