काठमाडौं– उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ।
दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका हुन्।
यससम्बन्धी जानकारी बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर दिइएको छ।
दुई पार्टीबीच चुनावी एकता गर्न तीन बुँदे सहमति भएको छ।
आगामी निर्वाचनमा चुनाव चिन्ह बलेको चिम प्रयोग गर्ने, घोषणापत्र संयुक्त रूपमा तयार गर्ने, नयाँ शक्तिहरूबीचको एकताको बाटोलाई खुला राख्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।