काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा सरकारी टोलीले अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले बुधबार राप्रपा कार्यालय पुगेर अनुगमन गरेको हो ।
उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनसहितले कार्यालयमा स्वागत गरे ।
उद्योग, पर्यटन तथा कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित उक्त समितिमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा सबै पक्षलाई समेटेर अघि बढ्ने र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने सरकारको योजना अनुरूप यो भेटघाट भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।