काठमाडौँ- नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई पनि बोलाइएको छ ।
बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका, आसन्न प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
काँग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, क्रियाशील सदस्यता नटुंगेको लगायतका कारण कार्यतालिका प्रभावित भएपछि हेरफेरको तयारी गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।