काठमाडौं –नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण भोलि दिउँसो १२ बजेसम्म गर्ने भएको छ।
मंसिर मसान्तभित्र सक्ने भनिए पनि त्यो समयमा सदस्यताको काम नसकिएकाले थप गर्ने सहमति भएको छ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता वितरण सिस्टम भोलि दिउँसो १२ बजे लक गर्ने तयारी छ।
बैठकले नयाँ वितरण पुस १० गतेसम्म गर्ने क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले बताए।
क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम टुङ्ग्याएर पार्टीलाई बुझाउने उनले बताए। कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।