काठमाडौं– सोमबार बेलुकी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच ७ बजेदेखि छलपल सुरु भयो ।
रास्वपाका पूर्व सांसद असिम शाहको कमलपोखरीस्थित घरमा भएको छलफल राति १ बजेसम्म चल्यो । करिब ६ घण्टा लामो उक्त छलफलपछि दुवै जनाबीच आगामी निर्वाचनमा मिलेर जाने विषयमा छलफल भएको बताइएको छ ।
अन्तरिम सरकारले तोकेको आगामी फागुन २१ को चुनावमा कसरी एक भएर जाने भन्ने विषयमा नै छलफल केन्द्रित थियो । उक्त छलफलमा रवि, बालेन, रास्वपा उपसभापति डीपी अर्याल, असिम शाह, आसिफ शाह, कुमार बेन, निश्चल बस्नेतलगायतको सहभागिता थियो ।
रास्वपा नेता शाहका अनुसार दुवैबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो । मुलुकको वर्तमान अवस्थालाई परिवर्तन गर्नेका निम्ती र राजनीतिक समस्याको निकास दिने सम्बन्धमा केन्द्रित कुराकानी भएको थियो ।
भेटमा विभिन्न राजनीतिक विषयमा रवि र बालेनबीच एक्ला-एक्लै र सामूहिक छलफल भएको थियो । अब एक ठाउँमा आएर देशको लागि निकास खोज्नुपर्छ भन्नेबारे छलफल भएको उनको भनाइ छ । छलफलपछि चुनावमा दुवै जना मिलेर जाने भन्ने कुरामा सैद्धान्तिक सहमति भएको शाहले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।