काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएका छन्।
सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका उनले आज साँझ साढे ६ बजे बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्।
प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो।
भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए।
लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो। उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।