काठमाडौँ– राजधानीको वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरु भएको हो।
जेल चलान भएपछि रविले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। आज उनै अर्यालले कार्यकक्षमा लामिछानेलाई सभापतिकै रुपमा स्वागत गरे।
त्यसअघि लामिछानेलाई बनस्थलीमा रहेको पार्टी कार्यालयमा नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । जेलबाहिर आएपछि केन्द्रीय कार्यालय पुगेका लामिछानेले सम्बोधन पनि गरे ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बोलाइएको हो।
बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उच्च अदालत बुटवल इजलासले लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
रिहा लगत्तै निर्वाचन क्षेत्र चितवनमा सम्बोधन गरेका उनी हिजो काठमाडौँ आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।