काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ ।
सभा केहि बेरअघि भृकुटीमण्डपमा सुरु भएको हो।
सन्देश सभाअघि रत्नपार्क,त्रिपुरेश्वर, माइतीघर लगायतका स्थानबाट जुलुस निकालिएको थियो। जुलुस भृकुटीमण्डप पुगेपछि सभा सुरु भएको हो।
बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।