फाइल तस्बिर
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनवासीलाई सम्बोधन गरेका छन्।
रिहा भएको भोलिपल्टै भरतपुरको चौबीसकोठीमा पुगेर नेपालको झन्डा फहराउँदै विशेष सम्बोधन गरे।
उनले भने, ‘चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको छ। चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ। मलाई अन्याय पर्दा तपाईँहरूले साथ दिनुभएको छ।’
चितवनमा विशेष सम्बोधन लगत्तै रविले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेट्न काठमाडौं आउँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।