• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ?

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०८२  ११:२२
1140x725

काठमाडौं– भारतमा हालै डेनमार्कका औषधि उत्पादक कम्पनी नोवो नर्डिस्कले ओजेम्पिक औषधि सार्वजनिक गरेको छ।

यो औषधि विशेषगरी टाइप २ मधुमेहको उपचारका लागि विकसित गरिएको थियो। तर यसको प्रयोग तौल घटाउन (फ्याट लस) का लागि दुनियाभर चर्चा हुने गरेको छ।

सन् २०२३ मा द लैंसेट डायबिटिज एण्ड एन्डोक्राइनोलोजीका प्रकाशित एक अध्ययनका अनुसार भारतमा करिब १० करोड १० लाख मानिसलाई मधुमेहको समस्या छ। जसमध्ये अधिकांशलाई टाइप २ मधुमेह छ, जुन तिव्र गतिमा बढीरहेको बीबीसीले उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य मिसन (एनएचएम) मुधमेह रोग चुनौतीको रुपमा बढदै गइरहेको दाबी गर्छ। मधुमेहको उपचारमा प्रयोग हुने केही नयाँ औषधि (विशेषगरी जीएलपी–१ आधारित) अब फ्याट लस ड्रग्स को रुपमा पनि चर्चामा छ। 

वास्तवमा जीएलपी–१ एक प्राकृतिक हर्मोन हो, जुन आन्द्राबाट निस्कछ। र, इन्सुलिन स्रावलाई बढाएर पाचनप्रणालीको गतिलाई कम गराउँछ। यसले भोक कम गराएर चिनीलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ। हिजोआज यो औषधि टाइप २ मधुमेह र तौल घटाउनका लागि इन्जेक्सन या ट्याबलेटको रुपमा लोकप्रिय भइरहेको छ।

फोर्टिस सी डक सेन्टर अफ एक्सीलेन्स फर डायबिटिजका अध्यक्ष डा अनुप मिश्रा भन्छन्, ‘भारतमा टाइप २ मधुमेहको बढ्दो बोझ एक किसिमको पब्लिक हेल्थ इमरजेन्सी हो।’

म्याक्स हेल्थकेयरमा एन्डोक्राइनोलोजी र डायबिटिज विभागका अध्यक्ष डा अम्बरीश मित्थल भन्छन्, ‘नयाँ आएको सेमाग्लुटाइड (ओजेम्पिक/वेगोवी) र तिरजेपाटाइड (माउन्जारो) जस्ता औषधि तौल घटाउन निकै प्रभावकारी दखिएको छ। वास्तवमा यो औषधिले चिनीलाई नियन्त्रण मात्र नगरी भोकलाई कम गरी पेट भरिएको जस्तो महसुस गराउँछ। यसले १५ देखि २० प्रतिशतसम्म तौल घट्न सक्छ।’

के भन्छ विश्व स्वास्थ्य संगठन ?

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०२५ डिसेम्बरमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले मोटोपनाको उपचारका लागि जीएलपी–१ औषधिको प्रयोगका विषयमा पहिलो पटक निर्देशिका जारी गरेको छ। डब्लुएचओले मोटोपनालाई एक पुरानो र बारम्बार फर्किने रोगको रुपमा मानेको छ।

डब्लुएचओको अनुसार जीएलपी–१ औषधिको प्रयोग वयस्कमा मोटोपनाको लामो समयको उपचारको लागि प्रयोग गर्न सकिन्छ। तर उनीहरुलाई स्वस्थ आहार, नियमित व्यायाम र चिकित्सकको निगरानीका साथमा मात्र प्रयोग गरिनुपर्छ।

डब्लुएचओको महानिर्देशक डा टेड्रोस गेब्रेयेसस भन्छन्, ‘औषधिले मात्र यो स्वास्थ्य संकटलाई अन्त्य गर्न सकिदैन। तर जीएलपी–१ को औषधिले लाखौ मानिसलाई मोटोपना नियन्त्रण गर्नमा मद्दत गर्न सक्छ। र, यसबाट हुने नोक्सानलाई पनि कम गर्न सक्छ।’

फ्याट लस ड्रग्स के हो र यसले कसरी काम गर्छ ?

डा अम्बरीश मित्थलका अनुसार हाम्रो शरीरमा जीएलपी–१ को एक प्राकृतिक हर्मोन हुन्छ। यो खाना खाँदा आन्द्राबाट निस्कन्छ। यसले भोकलाई नियन्त्रण गर्छ। पेटलाई विस्तारै खाली हुन दिन्छ र इन्सुलिनको माध्यमबाट ब्लड सुगर नियन्त्रण गर्नमा मद्दत गर्दछ।

141645951fat-loss-drugs-2-1766209017.webp
 

यो औषधि अमेरिकाको एफडीए र युरोपको स्वास्थ्य एजेन्सीबाट मोटोपनाको उपचारका लागि पनि स्वीकृति पाइसकेको उनले बताए। सामान्यतया बीएमआई ३० वा सोभन्दा माथि भएका या जीवनशैलीमा गरिएको परिवर्तनबाट पनि अपेक्षित सुधार नभएका व्यक्तिका लागि चिकित्सकहरुले यो औषधिको सुझाव दिने गरेको उनी बताउँछन्।  

यो औषधिले तौल घटाउने मात्र नभई स्वास्थ्यमा पनि सुधार हुने दाबी गर्ने गरिएको छ। उनले यी औषधिलाई कस्मेटिक सम्झनु गतल भएको बताउँछन्। 

यो औषधिले टाइप २ मधुमेह प्रभावकारी नियन्त्रण गर्ने उनले बताए। तौल घटेपछि ह्रदयघात या स्ट्रोकको खतरा २० प्रतिशतसम्म कम हुने, फ्याटी लिभरमा सुधार र मिर्गौलासँग सम्बन्धी जटिलताबाट बच्न मद्दत मिल्ने उनले बताए।

साइड इफेक्ट र अपनाउनुपर्ने सावधानी

डा मित्थल यस औषधिबाट हुने साइड इफेक्टका बारेमा पनि चेतावनी दिन्छन्। सुरुवातमा ४० देखि ५० प्रतिशत मानिसमा पेटसँग सम्बन्धित समस्या हुन सक्छ। जस्तै मन आत्तिनु, वान्ता हुनु, एसिडिटी, पेट फुल्नु, कब्जियत या झाडापखाला।

तिव्र गतिमा तौल घट्दा २० देखि ४० प्रतिशतसम्म माशंपेशी पनि कम हुन सक्ने उनी चेतावनी दिन्छन्। यसबाट बच्न पर्याप्त मात्रा प्रोटिन र स्ट्रेन्थ तालिम गर्नैपर्ने उनी सुझाउँछन्।

औषधि बारे थप चेतावनी दिँदै उनी भन्छन्, ‘यो हर कोहीको लागि होइन। पातलो व्यक्ति, टाइप १ मधुेमह, प्याङक्रियाटाइटिस या थाइराइड, क्यान्सर भएका बिरामीका लागि यो ठिक हुँदैन। भारतमा यसको उच्च मूल्य र सीमित उपलब्धता पनि अर्को चुनौती हो।’

सामाजिक सञ्जाल र देखावटीको दबाबमा कयौँ मानिसले तौल घटाउन यसलाई छिटो छरितो माध्यमका रुपमा मेडिकल आवश्यक बिना प्रयोग गरिरहेको प्रति उनी चिन्ता व्यक्त गर्छन्। 

- बीबीसी हिन्दीबाट साभार

 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग
उद्योगमन्त्री बन्दै दीपककुमार साह
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा
सम्बन्धित सामग्री
अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न सरकारी टोली राजविराज जाँदै घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली... बिहीबार, भदौ २५, २०८३
सहयोग गर्ने सबैप्रति आभार भन्दै उद्योग मन्त्रालयबाट बाहिरिइन् गाैरी कुमारी यादव मन्त्री पदबाट राजीनामा बुझाएपछि यादवले आफ्नो कार्यकालमा मन्त्रालयसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सबैप्रति धन्य... बिहीबार, भदौ २५, २०८३
दुर्गम क्षेत्रमा सेवा विस्तार गरेको भन्दै नेपाल हुलाकलाई एपीपीयू इनोभेसन अवार्ड प्रदान थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म भएको १४औँ एपीपीयू कंग्रेसमा हुलाक सेवा विभागलाई ‘सर्भिस इन रिमोट एरियाज’ विधामा... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग बिहीबार, भदौ २५, २०८३
उद्योगमन्त्री बन्दै दीपककुमार साह बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्