• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस ५, २०८२ Sat, Dec 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ?

64x64
नेपाल लाइभ शनिबार, पुस ५, २०८२  ११:२२
1140x725

काठमाडौं– भारतमा हालै डेनमार्कका औषधि उत्पादक कम्पनी नोवो नर्डिस्कले ओजेम्पिक औषधि सार्वजनिक गरेको छ।

यो औषधि विशेषगरी टाइप २ मधुमेहको उपचारका लागि विकसित गरिएको थियो। तर यसको प्रयोग तौल घटाउन (फ्याट लस) का लागि दुनियाभर चर्चा हुने गरेको छ।

सन् २०२३ मा द लैंसेट डायबिटिज एण्ड एन्डोक्राइनोलोजीका प्रकाशित एक अध्ययनका अनुसार भारतमा करिब १० करोड १० लाख मानिसलाई मधुमेहको समस्या छ। जसमध्ये अधिकांशलाई टाइप २ मधुमेह छ, जुन तिव्र गतिमा बढीरहेको बीबीसीले उल्लेख गरेको छ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य मिसन (एनएचएम) मुधमेह रोग चुनौतीको रुपमा बढदै गइरहेको दाबी गर्छ। मधुमेहको उपचारमा प्रयोग हुने केही नयाँ औषधि (विशेषगरी जीएलपी–१ आधारित) अब फ्याट लस ड्रग्स को रुपमा पनि चर्चामा छ। 

वास्तवमा जीएलपी–१ एक प्राकृतिक हर्मोन हो, जुन आन्द्राबाट निस्कछ। र, इन्सुलिन स्रावलाई बढाएर पाचनप्रणालीको गतिलाई कम गराउँछ। यसले भोक कम गराएर चिनीलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ। हिजोआज यो औषधि टाइप २ मधुमेह र तौल घटाउनका लागि इन्जेक्सन या ट्याबलेटको रुपमा लोकप्रिय भइरहेको छ।

फोर्टिस सी डक सेन्टर अफ एक्सीलेन्स फर डायबिटिजका अध्यक्ष डा अनुप मिश्रा भन्छन्, ‘भारतमा टाइप २ मधुमेहको बढ्दो बोझ एक किसिमको पब्लिक हेल्थ इमरजेन्सी हो।’

म्याक्स हेल्थकेयरमा एन्डोक्राइनोलोजी र डायबिटिज विभागका अध्यक्ष डा अम्बरीश मित्थल भन्छन्, ‘नयाँ आएको सेमाग्लुटाइड (ओजेम्पिक/वेगोवी) र तिरजेपाटाइड (माउन्जारो) जस्ता औषधि तौल घटाउन निकै प्रभावकारी दखिएको छ। वास्तवमा यो औषधिले चिनीलाई नियन्त्रण मात्र नगरी भोकलाई कम गरी पेट भरिएको जस्तो महसुस गराउँछ। यसले १५ देखि २० प्रतिशतसम्म तौल घट्न सक्छ।’

के भन्छ विश्व स्वास्थ्य संगठन ?

Ncell 2
Ncell 2

सन् २०२५ डिसेम्बरमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले मोटोपनाको उपचारका लागि जीएलपी–१ औषधिको प्रयोगका विषयमा पहिलो पटक निर्देशिका जारी गरेको छ। डब्लुएचओले मोटोपनालाई एक पुरानो र बारम्बार फर्किने रोगको रुपमा मानेको छ।

डब्लुएचओको अनुसार जीएलपी–१ औषधिको प्रयोग वयस्कमा मोटोपनाको लामो समयको उपचारको लागि प्रयोग गर्न सकिन्छ। तर उनीहरुलाई स्वस्थ आहार, नियमित व्यायाम र चिकित्सकको निगरानीका साथमा मात्र प्रयोग गरिनुपर्छ।

डब्लुएचओको महानिर्देशक डा टेड्रोस गेब्रेयेसस भन्छन्, ‘औषधिले मात्र यो स्वास्थ्य संकटलाई अन्त्य गर्न सकिदैन। तर जीएलपी–१ को औषधिले लाखौ मानिसलाई मोटोपना नियन्त्रण गर्नमा मद्दत गर्न सक्छ। र, यसबाट हुने नोक्सानलाई पनि कम गर्न सक्छ।’

फ्याट लस ड्रग्स के हो र यसले कसरी काम गर्छ ?

डा अम्बरीश मित्थलका अनुसार हाम्रो शरीरमा जीएलपी–१ को एक प्राकृतिक हर्मोन हुन्छ। यो खाना खाँदा आन्द्राबाट निस्कन्छ। यसले भोकलाई नियन्त्रण गर्छ। पेटलाई विस्तारै खाली हुन दिन्छ र इन्सुलिनको माध्यमबाट ब्लड सुगर नियन्त्रण गर्नमा मद्दत गर्दछ।

141645951fat-loss-drugs-2-1766209017.webp
 

यो औषधि अमेरिकाको एफडीए र युरोपको स्वास्थ्य एजेन्सीबाट मोटोपनाको उपचारका लागि पनि स्वीकृति पाइसकेको उनले बताए। सामान्यतया बीएमआई ३० वा सोभन्दा माथि भएका या जीवनशैलीमा गरिएको परिवर्तनबाट पनि अपेक्षित सुधार नभएका व्यक्तिका लागि चिकित्सकहरुले यो औषधिको सुझाव दिने गरेको उनी बताउँछन्।  

यो औषधिले तौल घटाउने मात्र नभई स्वास्थ्यमा पनि सुधार हुने दाबी गर्ने गरिएको छ। उनले यी औषधिलाई कस्मेटिक सम्झनु गतल भएको बताउँछन्। 

यो औषधिले टाइप २ मधुमेह प्रभावकारी नियन्त्रण गर्ने उनले बताए। तौल घटेपछि ह्रदयघात या स्ट्रोकको खतरा २० प्रतिशतसम्म कम हुने, फ्याटी लिभरमा सुधार र मिर्गौलासँग सम्बन्धी जटिलताबाट बच्न मद्दत मिल्ने उनले बताए।

साइड इफेक्ट र अपनाउनुपर्ने सावधानी

डा मित्थल यस औषधिबाट हुने साइड इफेक्टका बारेमा पनि चेतावनी दिन्छन्। सुरुवातमा ४० देखि ५० प्रतिशत मानिसमा पेटसँग सम्बन्धित समस्या हुन सक्छ। जस्तै मन आत्तिनु, वान्ता हुनु, एसिडिटी, पेट फुल्नु, कब्जियत या झाडापखाला।

तिव्र गतिमा तौल घट्दा २० देखि ४० प्रतिशतसम्म माशंपेशी पनि कम हुन सक्ने उनी चेतावनी दिन्छन्। यसबाट बच्न पर्याप्त मात्रा प्रोटिन र स्ट्रेन्थ तालिम गर्नैपर्ने उनी सुझाउँछन्।

औषधि बारे थप चेतावनी दिँदै उनी भन्छन्, ‘यो हर कोहीको लागि होइन। पातलो व्यक्ति, टाइप १ मधुेमह, प्याङक्रियाटाइटिस या थाइराइड, क्यान्सर भएका बिरामीका लागि यो ठिक हुँदैन। भारतमा यसको उच्च मूल्य र सीमित उपलब्धता पनि अर्को चुनौती हो।’

सामाजिक सञ्जाल र देखावटीको दबाबमा कयौँ मानिसले तौल घटाउन यसलाई छिटो छरितो माध्यमका रुपमा मेडिकल आवश्यक बिना प्रयोग गरिरहेको प्रति उनी चिन्ता व्यक्त गर्छन्। 

- बीबीसी हिन्दीबाट साभार

 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य
सिराहामा ब्राउन सुगरसहित ४ जना युवक पक्राउ
सम्बन्धित सामग्री
यी दुई प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ देशभरको मौसम आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ  । शनिबार, पुस ५, २०८२
गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो गुल्मी रेसुङ्गा नगरपालिका–४ स्थित पनाहा खोलामा मङ्सिर २० गते भेटिएको शव रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको जिल... शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६० जना सहसचिवको सरुवा गरेको हो। शुक्रबार, पुस ४, २०८२
ताजा समाचारसबै
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
सिराहामा ब्राउन सुगरसहित ४ जना युवक पक्राउ शनिबार, पुस ५, २०८२
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ? शनिबार, पुस ५, २०८२
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भैरहवाको मौसम खुलेन,चितवन हुँदै भैरहवा जाँदै रवि शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्