काठमाडौं – नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ ।
काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् ।
११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो बैठकले पार्टीमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी गठन हुनेछ । एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।