काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् ।
नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको उनको भनाइ छ ।
‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो,’ उनले भने, ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो-त्यो प्यानल छैन ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।